टोटल इनर्जीज लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रा.लि. द्वारा आयोजित दुइदिने ‘फ्री सर्भिस क्याम्प’ बुटवल र भैरहवामा सफलतापूर्वक सम्पन्न भएको छ।
चारपाङ्ग्रे सवारीका लागि बुटवलको Advance Auto Care मा असार २२ र २३ गते आयोजना गरिएको शिविरमा ७० भन्दा बढी गाडीहरू सहभागी भएका थिए। यसैगरी, दुइपाङ्ग्रे सवारीका लागि भैरहवाको Dharmendra Motorcycle Spare Parts मा असार १९ र २० गते आयोजना गरिएको शिविरमा ५० भन्दा बढी मोटरसाइकलहरू सहभागी भएका थिए।
शिविरमा सहभागी सवारी साधनहरूलाई: निःशुल्क मर्मतसम्भार, इन्जिन चेकअप, र लुब्रिकेन्ट परामर्श प्रदान गरिएको थियो। ग्राहकहरू र मेकानिकहरूलाई TotalEnergies का Quartz, Rubia, र Hi-Perf ब्राण्डका लुब्रिकेन्ट्सका गुणस्तर र प्रविधिबारे जानकारी गराइएको थियो।
कार्यक्रममा सहभागी सवारी साधनधारकहरूको पिरियोडिक मर्मतसम्भार गरिनुका साथै तिनीहरूलाई सवारी साधनको दीर्घकालीन स्वास्थ्यमा TotalEnergies लुब्रिकेन्ट्सले पार्ने सकारात्मक प्रभावबारे जानकारी दिइएको थियो।
लक्ष्मी ल्युब आयलले सहभागीहरूबाट अत्यन्तै उत्साहजनक प्रतिक्रिया पाएको छ भने निरन्तर आयोजना गर्ने योजना प्रतिबद्धता गरेको छ ।
प्रतिक्रिया