सांग्रिला डेभलपमेन्ट बैंकद्वारा रोल्पाको प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

बुधबार, २५ असार २०८२, १० : ४२

काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नम्बर ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको छ । 

असार २३ गते आयोजित कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकका दाङ सब क्लस्टर प्रमुख आश कुमार जरेजुले स्वास्थ्य केन्द्रका प्रमुख डा.युवराज महरालाई ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेका हुन् । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको हो ।

‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण कार्यक्रममा सुनिल स्मृती गाउँपालिकाका अध्यक्ष मनिराज बुढाथोकी, गाउँपालिका उपाध्यक्ष मीना थापा सांग्ििरला डेभलपमेन्ट बैंक सुलिचौर शाखाका इन्चार्ज कमल विक्रम शाह लगायतको उपस्थिति थियो । गाउँपालिका अध्यक्ष बुढाथोकी, उपाध्यक्ष थापा तथा डा.महराले ‘अक्सिजन कन्सेन्ट्रेटर’ले विरामीको उपचारमा ठुलो सहयोग पुग्ने विश्वास ब्यक्त गर्दै सांग्रिला डेभलपमेन्ट बैंकलाई धन्यवाद ज्ञापन गरे ।

यस बैंकले यसअघि यसै महिना मुस्ताङको स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई पनि एक थान ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको थियो । 

बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । 

संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै बैंकले आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ । 

 
बुधबार, २५ असार २०८२, १० : ४२

प्रतिक्रिया