महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त

बुधबार, २५ असार २०८२, १३ : ५९

काठमाडौं- महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त भएका छन् । 

बैंकको असार २० गते बसेको सञ्चालक समितिको बैठकले ठाकुरलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

उनी असार २२ गतेदेखि लागू हुनेगरी सञ्चालकमा नियुक्त भएको बैंकले जनाएको छ । 

 
बुधबार, २५ असार २०८२, १३ : ५९

प्रतिक्रिया