ललितपुरमा वर्ल्डलिंक संग्रहालय स्थापना

बुधबार, २५ असार २०८२, १५ : ३४

काठमाडौं- इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले वर्ल्डलिंक संग्रहालयको स्थापना गरेको छ ।

संग्रहालयमा वर्ल्डलिंकले स्थापना कालदेखि अहिलेसम्म, इमेलरइन्टरनेट, डायलअप, भी–स्याट, वायरलेस, केवल इन्टरनेट तथा एफटीटीएच यात्रामा प्रयोग गरेका विभिन्न प्रविधियुक्त उपकरणहरू राखिएको छ । जुन उपकरण र प्रविधि अहिले प्रयोगबाहिर गइसकेका छन् तर नेपालको इन्टरनेट इतिहासको स्मरणका लागि निकै महत्वपूर्ण छन् ।

वर्ल्डलिंक संग्रहालयलाई अध्ययन, अवलोकन, अनुसन्धान लागि राखिएको हो । यो संग्रहालय भविष्यमा नेपालको इन्टरनेट प्रविधिको विकासक्रमको अध्ययन गर्ने र ज्ञान बटुल्ने साझा थलो बन्ने विश्वास कम्पनीको छ । 

यस कदमबाट नेपालमा सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थी, अनुसन्धानकर्ता, इतिहासविद, लेखक, सञ्चारकर्मी लगायतलाई विगतका प्रविधिहरू अवलोकन गर्न, सिक्न र बुझ्न सहयोग पुग्ने छ भन्नेमा विश्वस्त रहेको र यसले विद्यार्थी, अनुसन्धानकर्ता तथा प्राविधिक वर्गलाई इन्टरनेट प्रविधिको क्रमिक विकास तथा नेपालको डिजिटल यात्रामा वर्ल्डलिंकको भूमिका बुझ्न महत्वपूर्ण आधार प्रदान गर्ने कम्पनीको दाबी छ । 

संग्रहालमा डायलअप इन्टरनेट मा प्रयोग भएका उपकरण तत्कालिन कम्पुटर मोडेम वायरलेसमा पर्योग भएका डिस्क, तत्कालिन रुपमा प्रयोग भएका यफटिटियचका पुराना उपकरण राखिएको र संग्रहालय अवलोकन गर्न शुक्रबार १० बजे देखि ४ बजे सम्म कलेज अध्यनरत विद्यार्थीहरुलाइ खुल्ला गर्ने किरण राज गौतमले जानकारी दिए ।

कम्पनीका अध्यक्ष दिलीप अग्रवालको प्रमुख आतिथ्यता र सह–संस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालको विशेष उपस्थितिमा वर्ल्डलिंकको आफ्नै भवन कार्यालय परिसर, ललितपुर, कुसुन्तीमा यो संग्रहालय उद्घाटन गरिएको हो ।

 
बुधबार, २५ असार २०८२, १५ : ३४

प्रतिक्रिया