हुन्डाईको क्रेटा ईभीमा विशेष अफर, दैनिक १६२० रुपैयाँ

बुधबार, २५ असार २०८२, १६ : ५९

काठमाडौं- हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा ईभी (Hyundai Creta EV) किन्न चाहने ग्राहकलाई लक्षित गर्दै नयाँ किस्ता योजना सार्वजनिक गरेको छ। अब ग्राहकहरूले हुन्डाई क्रेटा ईभी एजुकेटिभ भेरियन्ट दैनिक मात्र १६२० रुपैयाँ तिरेर किन्न सक्नेछन्।

हालै नेपाली बजारमा भित्रिएको क्रेटा ईभी चार फरक भेरियन्टमा उपलब्ध छ:

  • एजुकेटिभ – रू. ५१.९६ लाख

  • स्मार्ट – रू. ५४.९६ लाख

  • स्मार्ट (अप्सनल) – रू. ५६.९६ लाख

  • प्रिमियम प्लस – रू. ५९.९६ लाख

कम्पनीले सार्वजनिक गरेको नयाँ योजना विशेषगरी एजुकेटिभ भेरियन्टमा लागू हुन्छ। यस योजना अनुसार, ग्राहकले गाडीको मूल्यको ४० प्रतिशत अर्थात् रू. २० लाख ७८ हजार ४०० सुरुवाती किस्ताको रूपमा तिर्नुपर्नेछ। बाँकी रकम कर्जा स्वरूप बैंक वा वित्तीय संस्थाबाट लिने व्यवस्था मिलाइएको छ।

कम्पनीले ७ वर्ष अवधिको लागि ७.९९ प्रतिशत स्थायी ब्याजदरमा उपलब्ध गराएको कर्जामा मासिक किस्ता ४८ हजार ५७६ पर्छ, जसअनुसार दैनिक रू १६२० पर्ने कम्पनीले बताएको छ ।

हुन्डाईको लोकप्रिय एसयूभी क्रेटाको इलेक्ट्रिक संस्करण क्रेटा ईभीमा ४२ किलोवाट आवर क्षमताको एनसीएम ब्याट्री र ९९ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ। यो मोडलले छोटो समयमै ग्राहकको आकर्षण पाउन सफल भएको कम्पनीको दाबी छ। यस किस्ता योजनाले विद्युतीय गाडीप्रति आकर्षण बढाइरहेको बजारमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले लिएको छ।

 
बुधबार, २५ असार २०८२, १६ : ५९

प्रतिक्रिया