नक्सालमा ‘सी–कार’को उद्घाटन, सवारीसाधन खरिद–बिक्री, चार्जिङ र बीमाको पनि सुविधा

विहीबार, २६ असार २०८२, १६ : २६

काठमाडौं- सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै थालोमा उपलब्ध गराउने उद्देश्यका साथ नेपालमा  ‘सी–कार’ सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रमकाबीच महानायक राजेश हमालले सी–कारको शुभारम्भ गरेका हुन् ।

सी–कारमा नयाँ तथा सेकेन्ड ह्याण्ड गाडीको सोरुम, एस्सेसरिज पसल, चार्जिङ स्टेसन र क्याफेलगायत विभिन्न सुविधा एकै स्थानमा उपलब्ध भएको सी–कारका संस्थापक रोशन घिमिरेले बताए ।

महानायक हमालले सवारी साधन सम्बन्धी एकै थलोमा विभिन्न सेवा उपलब्ध हुनुले ग्राहकको समय र खर्च दुवै बचत हुने भएकाले लाभदायी भएको प्रतिक्रिया दिए ।

कम्पनीका अनुसार पछिल्लो समय विद्युतीय सवारीमा अत्यधिक रुचाइएको बीवाइडीको नयाँ शोरुमले ग्राहकलाई सहज हुनेछ । साथै सी–कारमा विभिन्न ब्राण्डका सेकेण्ड ह्याण्ड सवारी साधन पनि उपलब्ध हुनेछन् । ग्राहकले सेसेकेण्ड ह्याण्ड सवारी खरिद गर्नुका साथै एक्सचेञ्जका पनि सुविधा पाउनेछन् ।

कम्पनीले सवारी खरिदबिक्रीका साथै सी–कार परिसरमा चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याएको छ । जहाँ एकै साथ धेरै विद्युतीय सवारी चार्ज गर्न सकिनेछ ।

कम्पनीले यसका लागि द्रुत गतिमा चार्ज हुने सुविधा ल्याएको छ । ग्राहकले सी(कार परिसरमै रहेको इटालियन रेस्टुरेन्टको मज्जा लिन सक्नेछन् । त्यति मात्रै होइन, सी–कारमा सवारी साधनका स्पेयर पार्टस पनि सुलभ मूल्यमै उपलब्ध हुनेछन् ।

साथै कम्पनीले ग्राहकलाई अझ बढी सेवा दिने उद्देश्यले बिलबुक निःशुल्क नवीकरण सुविधा पनि ल्याएको छ । सी–कारमार्फत सवारीको बीमा गर्नेले बिलबुक नवीकरणको पनि सुविधा पाउनेछन् । जसका लागि उनीहरूले कुनै पनि अतिरिक्त शुल्क तिर्नु नपर्ने कम्पनीले बताएको छ । 
 

 
विहीबार, २६ असार २०८२, १६ : २६

प्रतिक्रिया