ओप्पो ए ५ स्मार्टफोन नेपालमा सार्वजनिक, कति छ मूल्य ?

विहीबार, २६ असार २०८२, १६ : ३६

काठमाडौं- ओप्पोले आफ्नो लोकप्रिय ए  सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ओप्पो ए ५ नेपाली बजारमा सार्वजनिक गरेको छ। एकैसाथ मजबुत डिजाइन, अत्यधिक टिकाउ ब्याट्री, र उच्च प्रविधियुक्त फिचरहरू उपलब्ध गराउँदै ओप्पोले यो फोन नेपाली प्रयोगकर्ताका लागि विशेष बनाएको जनाएको छ।

ओप्पो ए ५  मा IP65 लेभलको वाटर एन्ड डस्ट रेसिस्टेन्स, मिलिटरी-ग्रेड शोक रेसिस्टेन्स, र SGS गोल्ड लेबल प्रमाणीकरण छ। यसको डबल टेम्पर्ड ग्लास १६० प्रतिशत बढी प्रभाव सहन सक्छ। निर्माणस्थल, बाहिरी वातावरण वा दुर्घटनाका लागि उपयुक्त हुने गरी डिजाइन गरिएको यस फोनले गाडीले किच्दा पनि काम गर्ने स्तरको मजबुती प्रदर्शन गर्दछ। ६,०००mAh ब्याट्रीसहित ५ वर्षसम्मको दीर्घायुमी शक्ति ओप्पो ए ५ मा रहेको ६,०००mAh को ब्याट्री ले लगातार १६.३४ घण्टा युट्युब, २६.६ घण्टा फोन कल, वा ४५० घण्टासम्म स्ट्यान्डबाइ चलाउन सकिने बताइएको छ।

ओप्पोको नयाँ डिजाइनले ब्याट्रीको तापक्रम घटाउने, चार्जिंग गति बढाउने र ५ वर्षसम्म ८०% क्षमता कायम राख्ने सुनिश्चित गर्छ। SUPERVOOC ४५W चार्जिङ टेक्नोलोजी फोनमा समावेश गरिएको ४५W SUPERVOOC फास्ट चार्जिङ प्रविधिले २१ मिनेटमै ३०% चार्ज र ८४ मिनेटमा १००% चार्ज गर्न सकिन्छ।

स्मार्ट एआई, ColorOS 15 र उत्कृष्ट क्यामेरा संयोजन फोनमा रहेको ColorOS 15 मार्फत गुगल जेमिनी एआई असिस्टेन्ट, ५०MP अल्ट्रा क्लियर मुख्य क्यामेरा, २MP डेप्थ, र ५MP फ्रन्ट क्यामेराले फोटो र भिडियो अनुभवलाई अझ सहज र रचनात्मक बनाउने कम्पनीको दाबी छ।

दमदार प्रोसेसर र कनेक्टिभिटी ओप्पो ए ५ मा Snapdragon 6s Gen1 4G प्रोसेसर, ६GB RAM (RAM विस्तारसहित) र १२८GB स्टोरेज रहेको छ। 1,000 निट्स ब्राइट डिस्प्ले, 300% अल्ट्रा भोल्युम मोड, र नेटवर्क स्विचिङ २.० ले गेमिङ र मनोरञ्जनलाई अझ सहज बनाउँछ।

मूल्य र उपलब्धता ओप्पो ए ५ को ६GB RAM + १२८GB स्टोरेज संस्करण रु २२,९९९ मा उपलब्ध हुनेछ। ४०% डाउनपेमेन्ट र १२ महिनासम्म शून्य प्रतिशत ब्याजमा किस्ताबन्दीको सुविधा पनि प्रदान गरिएको छ।

विशेष अफर अन्तर्गत १० जुलाईदेखि ९ अगस्टसम्म ओप्पो ए ५ खरिद गर्ने ग्राहकले २ वर्षसम्मको विस्तारित वारेन्टी पाउने छन् ।

 
विहीबार, २६ असार २०८२, १६ : ३६

प्रतिक्रिया