काठमाडौं– शुक्रबार आगामी आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले घर कर्जाको सीमा वृद्धि गरेको छ ।
यसभन्दा पहिले २ करोड रहेकोमा त्यसलाई वृद्धि गरी ३ करोड पुर्याइएको हो। गभर्नर पौडेलले नयाँ घर बनाउदा वा किन्दा बैंकबाट पाइने कर्जाको सीमा वृद्धि गरेको हुन् ।
यस्तै शेयर धितो कर्जाको सीमा बढाएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जालाई १५ करोडबाट बढाइ २५ करोड रूपैयाँ पुर्याएका हुन् ।
प्रतिक्रिया