ज्योति विकास बैंकद्वारा मंगलटार स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान

आइतबार, २९ असार २०८२, १० : १७

काठमाडौं- ज्योति विकास बैंक लिमिटेडले काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–९ मा रहेको मंगलटार स्वास्थ्य चौकीलाई सहयोग गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थास्थ्य चौकीलाई बेबी वार्मर प्रदान गरेको हो।

बैंकले ग्रामीण क्षेत्रहरूमा जन्मने शिशुको जीवन रक्षाका निम्ति उक्त सहयोग गरिएको जानकारी दिएको छ। यो सहयोगले सुरक्षित प्रसूति सेवाको पहुँच दुर्गम क्षेत्रमा पनि सुनिश्चित गर्न मद्दत पुग्ने बैंकले विश्वास लिएको जनाएको छ।

सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा स्वास्थ्य चौकीका पदाधिकारी सहित सम्बन्धित क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। साथै बैंकले स्वास्थ्य चौकीका चिकित्सकलाई विज्ञमार्फत् उक्त बेबी वार्मर सञ्चालन सम्बन्धी तालिम समेत प्रदान गरेको छ । 

बैंकको हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर र ७५ वटा एटीएम मेसिन सञ्चालनमा रहेका छन्।

 
आइतबार, २९ असार २०८२, १० : १७

प्रतिक्रिया