एमजीले ल्यायो लक्जरी इन्टरसिटी कोच, अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हुने

आइतबार, २९ असार २०८२, १३ : १५

काठमाडौं- बस र कोच निर्माता एमजी समूहले आफ्नो नयाँ टिग्रा प्रिमियम इन्टरसिटी कोच सार्वजनिक गरेको छ । १३.५ मिटर लामो चेसिसमा आधारित यस कोच भारत र अन्तर्राष्ट्रिय दुवै बजारमा उपलब्ध हुनेछ ।

नयाँ टिग्रा कोच लामो दूरीको इन्टरसिटी र पर्यटन प्रयोजनका लागि बनाइएको हो । यो कर्नाटकको बेलागावीमा रहेको एमजीको कोच निर्माण प्लान्टमा डिजाइन र विकास गरिएको हो ।

टिग्रामा एम्बियन्ट लाइटिङ, प्रिमियम बर्थ र सिट अपहोल्स्ट्री, यात्रु सुरक्षाको लागि डिजाइन गरिएको पीयू–मोल्डेड सहायता ह्यान्डलहरू सहित एबिएस–मोल्डेड प्लश इन्टेरियर उपलब्ध गराइएको छ । बसमा पूर्ण–लम्बाइको एलईडी डिआरएल राखिएको छ ।

 
आइतबार, २९ असार २०८२, १३ : १५

प्रतिक्रिया