एनआईसी एशिया बैंकका ग्राहकले ई.स्टप नेपालको रेस्टुरेन्ट र चार्जिङ स्टेसनमा छुट पाउने

सोमबार, ३० असार २०८२, १५ : ०३

काठमाडौं- एनआईसी एशिया बैंक र ई.स्टप नेपाल प्रालिबीच बैंकका ग्राहकहरुलाई रेस्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट उपलब्ध गराउनका लागि सम्झौता भएको छ ।

यस सम्झौतापछि बैंकका ग्राहकहरूले ई.स्टप नेपालले उपलब्ध गराएको रेस्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

ई.स्टप नेपालले नवलपुरस्थित दलदले, सिन्धुलीस्थित रामटार र कुरिनटारमा रेस्टुरेन्टसँगै उपलब्ध गराएको चार्जिङ स्टेसनहरुमा विद्युतीय गाडी चार्ज गर्दै खानाको स्वादमा उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन् । ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा पाउनेछन् ।

दी गो ग्रुप अफ कम्पनी अन्तर्गत रहेको ई.स्टप नेपालसँगको यस सहकार्यले मुलुकमा डिजिटल भुक्तानी र हरित अर्थतन्त्रको प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत  अर्जुन राज खनियाले जानकारी दिए ।

 
सोमबार, ३० असार २०८२, १५ : ०३

प्रतिक्रिया