काठमाडौं- अष्ट्रियन मोटरसाइकल निर्माता केटीएमले आफ्नो अफ–रोड फोकस्ड नयाँ मोटरसाइकल ३९० एन्ड्यूरो आरको ग्लोबल स्पेक भेरियन्ट भारतमा सार्वजनिक गरेको छ। इक्मा अटो शो २०२४ मा पहिलोपटक देखाइएको यो मोडल अब उत्पादनमा आएर भारतीय बजारमा प्रवेश गरेको हो।
यो नयाँ भर्सनमा स्टिल ट्रेलिस फ्रेम, प्रेसर डाइ कास्ट एल्युमिनियम सबफ्रेम, ब्लक प्याटर्न टायर, स्वीचेबल एबीएस, र २७३ एमएम ग्राउन्ड क्लियरेन्ससहितको अपग्रेडेड सस्पेन्सन (२३० एमएम ट्राभल) दिइएको छ।
मोटरसाइकलमा ३९९ सीसीको लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन छ, जसले ४५ पीएस पावर र ३९ एनएम टर्क उत्पन्न गर्छ। ६ स्पीड गियरबक्ससँगै स्लिपर क्लच, बाइ डाइरेक्शनल क्विक सिफ्टर, र विभिन्न राइड मोड, लन्च कन्ट्रोल, टीएफटी स्क्रिन, र नेभिगेसन सपोर्ट जस्ता अत्याधुनिक फिचरहरू छन्।
भारतमा यसको मूल्य ३.५४ लाख भारतीय रुपैयाँ (एक्स–शोरुम) तोकिएको छ, जुन बेस मोडलभन्दा १५ हजारले मात्र बढी हो।
नेपालमा केटीएमको आधिकारिक वितरक हंशराज हुलाशचन्द एण्ड कम्पनीले यस मोडललाई चाँडै ल्याउने भएको छ। कम्पनी स्रोतका अनुसार नयाँ शोरुम उद्घाटन कार्यक्रममा यो मोडल नेपालमा नाइमा मोबिलिटी एक्स्पो मार्फत सार्वजनिक हुने सम्भावना रहेको छ ।
प्रतिक्रिया