काठमाडौं- नेपाल बैंक लिमिटेडले आफ्नो पालुङ शाखाका कर्मचारी तलब खाता ग्राहक स्व. रघुनन्दन यादवको निधनपश्चात बीमा दाबी रकम वापत रु. ५ लाखको चेक मृतकको परिवारलाई हस्तान्तरण गरेको छ।
स्व. यादव मकवानपुर जिल्ला, थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालयका शिक्षक थिए। २०८२ जेठ १२ गते थाहा नगरपालिका–३ मा भएको सडक दुर्घटनामा उनको निधन भएको थियो। बैंकको कर्मचारी तलब खाता योजनाअन्तर्गत खाता खोलेको एक वर्षभित्र ग्राहकको दुर्घटनावश मृत्यु भएमा रु. ५ लाखसम्मको बीमा सुविधा उपलब्ध हुने प्रावधानअनुसार यादव परिवारलाई बीमा रकम तुरुन्त भुक्तानी गरिएको हो।
नेपाल बैंक लिमिटेडले असार २२ गते आयोजना गरेको विशेष कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले श्रद्धाञ्जली अर्पण गर्दै स्व. यादवकी श्रीमती अमिरा कुमारी यादवलाई चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा सीईओ पाण्डेयले भने, “नेपाल बैंकले आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षालाई सधैं प्राथमिकतामा राख्दै आएको छ। भविष्यमा पनि सहज, सुरक्षित र भरपर्दो सेवा दिन प्रतिबद्ध छौं।”
त्यस अवसरमा श्रीमती अमिरा कुमारी यादवले बिना झन्झट सहज रूपमा प्राप्त बीमा रकमले परिवारको जीवनयापनमा ठूलो सहयोग पुगेको बताउँदै नेपाल बैंकप्रति आभार व्यक्त गरे।
नेपाल बैंक लिमिटेड देशभरका ग्राहकहरूलाई विश्वासिलो सेवा, सुरक्षा र सहज पहुँच प्रदान गर्दै आएको छ।
यस्तै असार १६ गते बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई काठमाडौं, नयाँ बानेश्वर अवस्थित लेट मि इन प्रा।लि। मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लेट मि इन प्रा।लि।का प्रबन्ध निर्देशक डोङ्ग सुमाले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि लेट मि इन प्रालिको कोरियन प्रविधिबाट प्रदान गरिने विविध एस्थेटिक्स सम्बन्धि सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र ग्राहकहरुले विभिन्न उपचार सेवामा ८ देखि १५ प्रतिशत सम्म छुट पाउने भएका छन् ।
प्रतिक्रिया