जेडटीईले शून्य ब्याजदरको मासिक किस्ताबन्दीमा ३ मोडेलका स्मार्टफोनहरू उपलब्ध गराउने

बुधबार, ३२ असार २०८२, ११ : १४

काठमाडौं— ग्लोबल टेक जायन्ट जेडटीई कर्पोरेसनले ३ मोडेलका स्मार्टफोनहरूमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी योजना ल्याएको छ । 

यस योजनाअनुसार प्रयोगकर्ताहरूले अत्याधुनिक सुविधायुक्त जेडटीई भी ७० म्याक्स र प्रिमियम जेडटीई भी ७० डिजाइन मोडेलका स्मार्टफोनहरू ६ महिनाको सहज मासिक किस्तामा खरिद गर्न सक्नेछन् । यस किस्ताबन्दी योजना अन्तर्गत इच्छुक खरिदकर्ताले नेपाली नागरिकता प्रमाणपत्रको भरमा नयाँ स्मार्टफोन किन्न सक्नेछन् । यस बाहेक यसमा कुनै जटिल कागजी प्रक्रिया नरहेको र ब्याज पनि नलाग्ने कम्पनीले जानकारी दिएको छ । 

प्रयोगकर्ताहरूलाई सरल र सहज किनमेल अनुभव प्रदान गर्ने उद्देश्यले जगदम्बा हायर पर्चेजसँगको साझेदारीमा जेडटीईले यस विशेष योजना सार्वजनिक गरेको हो । नेपालमा १५,००० देखि २०,००० रुपैयाँका फोनहरूमा पनि किस्ताबन्दी सुविधा ल्याउने जेडटीई दोस्रो ब्रान्ड बनेको छ, जसले सबै नेपालीका लागि नयाँ प्रविधि अझ पहुँचयोग्य बनाउने कम्पनीको उद्देश्यलाई सार्थकता प्रदान गरेको छ । 

यस शून्य प्रतिशत ब्याजदर किस्ताबन्दी योजना अनुसार १५,९९९ मूल्य रहेको भी७० म्याक्स (६+१२८ जीवी) स्मार्टफोन मोडेल खरिद गर्न चाहनेले रुपैयाँ ६ हजार ४०० अग्रिम भुक्तानी गरेपछि बाँकी रकम ६ महिनासम्म मासिक १,६०० किस्तामा तिर्न सकिन्छ । यस्तै, १६,९९९ मूल्य रहेको भी७० डिजाइन (८+१२८ जीवी) मोडेलका लागि प्रयोगकर्ताले ६,८०० अग्रिम भुक्तानी गरेपछि बाँकी रकम ६ महिनासम्म मासिक १,७०० किस्तामा तिर्न सकिन्छ । यस्तै बढी स्टोरेज क्षमता भएको फोन खोजिरहेका प्रयोगकर्ताका लागि १८,९९९ मूल्यको भी७० डिजाइन (८+२५६ जीवी) स्मार्टफोन मोडेल खरिद गर्दा रुपैयाँ ७,६०० अग्रिम भुक्तानी गरेपछि बाँकी रकम मासिक १,९०० किस्तामा ६ महिनासम्म तिर्न सकिन्छ ।

यस शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी योजनामार्फत जेडटीईले अत्याधुनिक प्रविधिलाई अझ पहुँचयोग्य र सर्वसुलभ बनाउने प्रयासलाई थप मजबुत बनाएको छ । नयाँ स्मार्टफोन किन्न चाहने हरेक प्रयोगकर्ताहरूका लागि यो अवसर निकै उपयुक्त र प्रभावकारी साबित हुने कम्पनीको विश्वास रहेको छ ।

 
बुधबार, ३२ असार २०८२, ११ : १४

प्रतिक्रिया