काठमाडौं— चिनियाँ एसएआईसी र अमेरिकी अटो जायन्ट जीएमको साझेदारीमा विकसित नयाँ इलेक्ट्रिक कार कन्सेप्ट ‘जेनजी एक्सप्लोरर’ सार्वजनिक भएको छ।
युवापुस्ता (जेन जेड) लक्षित गरी डिजाइन गरिएको यो तीनवटा ढोका रहेको ह्याचब्याक कार हो ।
‘प्यान एशिया टेक्नीकल अटोमोटिभ सेन्टर’मा तयार गरिएको यस इभीमा चारवटा मोटर छन्, जसले ४८० किलोवाट पावर उत्पादन गर्छ। ‘सेल टु च्यासिस’ ब्याट्री टेक्नोलोजीसहित ३५० Wh/kg इनर्जी डेन्सिटी भएको यस कारको दाबी गरिएको रेन्ज १२०० किमी छ।
यसमा २२ इन्चका ठूला ह्वील, २ हजार माइक्रो एलईडी लाइट, कलर बदलिने लाइटबार, हिडन डोर ह्याण्डल, रहेको छ । साथै डिजिटल रियरभ्यू मिरर र ८००v अल्ट्राफास्ट चार्जिङ सपोर्ट जस्ता अत्याधुनिक सुविधा समावेश छन्।
प्रतिक्रिया