एनआईसी एशिया बैंकको लिलाम बिक्रीसम्बन्धी जानकारीका लागि अनलाइन पोर्टल सार्वजनिक

विहीबार, ०१ साउन २०८२, १६ : ५२

काठमाडौं– एनआईसी एशिया बैंकले आफ्नो लिलाम बिक्री प्रक्रियालाई अझ पारदर्शी र पहुँचयोग्य बनाउने उद्देश्यले विशेष अनलाइन पोर्टल सुरु गरेको छ। ‘https://auctionassistance.nicasiabank.com’ नामक उक्त पोर्टलमार्फत लिलाम बिक्रीमा राखिएका सम्पूर्ण सम्पत्तिबारे जानकारी लिन सकिनेछ।

यो पोर्टलमार्फत प्रयोगकर्ताले बैंकिङ सम्पत्ति, बैंकको नाममा रहेको गैर–बैंकिङ सम्पत्ति, धितो सुरक्षणमा रहेको सम्पत्ति गरी तीन प्रकारका सम्पत्तिको विवरण पाउन सक्नेछन् । 

बैंकले यस पोर्टलमार्फत लिलाममा जान लागेका सम्पत्तिहरूका फोटो, स्थान, मूल्यांकन विवरण, लिलामको मिति र प्रक्रिया जस्ता सम्पूर्ण जानकारी एकै थलोमा उपलब्ध गराउने जनाएको छ।

यो प्रणालीले लिलाम प्रक्रिया पारदर्शी, सरल र ग्राहकमैत्री बनाउने बैंकले विश्वास लिएको छ । 

 
विहीबार, ०१ साउन २०८२, १६ : ५२

प्रतिक्रिया