आज जो चम्किन सक्छन्

४ बर्ष अगाडि

एजेन्सी – 
इमरान ताहिर

मुख्य स्टार डेल स्टेन चोटग्रस्त हुँदै विश्वकप दौरानमै घर फर्किपछि दक्षिण अफ्रिकाको बलिङ आक्रामक स्पिनर इमरान ताहिरको काँधमा आयो । आफ्नो अन्तिम विश्वकप भनिरहेका ताहिरले आफूमाथि आएको जिम्मेवारीलाई शतप्रतिशत निर्वाह गर्न कोसिस गरिरहेका छन् । कप्तान फाफ डु प्लेसिसको विश्वास जितेका ताहिरले अहिलेसम्म दश विकेट आफ्नो नाममा लेखाएका छन् । पाकिस्तानविरुद्धको दुई विकेटसँगै ताहिर दक्षिण अफ्रिकाका लागि सर्वाधिक ३९ विकेट लिने बलर बने । करिअरको उत्तराद्र्धमा रहेका ताहिरले विश्वकपमा बाँकी रहेका खेलमा उत्कृष्ट प्रदर्शन गरी अन्त्य गर्ने योजनमा छन् । यसै अभियानमा उनको अगाडि श्रीलंका छ । श्रीलंका सेमिफाइनलको दौडमा छ । श्रीलंकाली ब्याट्सम्यानले ताहिरको स्पिनविरुद्ध कस्तो जवाफ फर्काउँछन्, त्यो खेलले नै बताउनेछ । श्रीलंकाविरुद्धको प्रतिस्पर्धा ताहिर प्रभाव पार्न सक्ने खेलाडीमा अग्रस्थानमा आउनेछन् नयाँपत्रिका । 

एन्जेलो मथ्युस 
श्रीलंकाले धेरै विश्वास गरेका खेलाडीमा पर्छन् अलराउन्डर तथा पूर्वकप्तान रहेका मथ्युस । तर, सुरुवाती क्रममा उनले कुनै पनि पक्षमा गतिलो योगदान दिन सकेनन् । लगातार दुई खेलमा उनी शून्य रनमै आउट भए । तर, आयोजक इंग्ल्यान्डलाई २० रनले हराउँदा मथ्युसको नटआउट ८५ रनले विशेष महत्व राख्यो । यदि उनले अर्धशतकीय इनिङ नखेलेका भए इंग्ल्यान्डले सहजै जित निकाल्न सक्थ्यो । मथ्युस फर्मममा आउनु श्रीलंकाको नजरमा खुसी आउनु पनि हो । जब उनी फर्मममा रहन्छन्, त्यसवेला विपक्षी बलरको टाउको दुखाइ बन्ने गर्छ । बलियो बलिङ आक्रामक मानिएको दक्षिण अफ्रिकाविरुद्ध मथ्युस इंग्ल्यान्डसँगको खेलमा जस्तै योगदान दिने योजनामा छन् । सो खेलमा श्रीलंकाबाट हेर्नलायक खेलाडीमा उनी पर्छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया