६३ औं इन्जिनियर दिवसको तयारी पुरा

शुक्रबार, ०२ साउन २०८२, १७ : १२

काठमाडौं–नेपाल इञ्जिनियर्स एसोसियसनले आयोजना गर्न लागेको ६३ औँ इन्जिनियर दिवसको तयारी पुरा भएको छ । २०८२ श्रावण २ र ३ गते ललितपुरको द प्लाजामा  ‘Engineers and AI: Creating Impact’ भन्ने नारासहित विशेष समारोहको आयोजना हुन लागेको हो । श्रावण २ गते बिहान १० बजे बाट विभिन्न पाँच वटा प्राविधिक सत्रहरूको  संचालन हुने छ । ती सत्रहरूमा स्मार्ट सिटी, ऊर्जा रूपान्तरण, यातायात र डिजिटल पूर्वाधार, तथा जलवायु, अर्थतन्त्र लगायतका विषयमा नीतिगत र प्राविधिक बहस गरिनेछ ।

सत्रहरूको अध्यक्षता सम्बन्धित मन्त्रालयका सचिव ज्यूहरूले गर्नुहुनेछ । प्रत्येक सत्रमा विषयगत विशेषज्ञ, सरकारी प्रतिनिधि, युवा इन्जिनियरर आर्किटेक्ट तथा निजी क्षेत्रका प्राविधिकहरूको सक्रिय सहभागिता रहने एसोसियसनले जनाएको छ । कार्यक्रमको दोस्रो दिन श्रावण ३ गते १० बजेबाट दुई वटा प्राविधिक सत्रहरू हुनेछन् । ती सत्रहरूमा पूर्वाधारमा इन्जिनियरहरूको उत्तरदायित्व, राष्ट्रिय बजेट २०८२ र ८३ को समीक्षा र इन्जिनियरिङ् पूर्वाधारको प्राथमिकता जस्ता विषयमा छलफल गरिने एसोसियसनले जनाएको छ ।

कार्यक्रमको मुल समारोह २०८२ श्रावण ३ दिउँसो तीन बजेपछि सुरु हुनेछ । समारोहमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको प्रमुख आतिथ्यता रहनेछ भने उपप्रधानमन्त्री ज्यू, विभागीय मन्त्रीज्यूहरू, सचिवज्यूहरू, महानिर्देशक ज्यूहरु, प्राधिकरण तथा संस्थानका प्रमुख ज्यूहरु, सम्बन्धित निकायका उच्चपदस्थ अधिकारी ज्यूहरू लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहनेछ । समारोहमा नेपाल इन्जिनियर्स एशोसिएसनले विभिन्न ९ विधामा विशिष्ट योगदान पुर्‍याएका इन्जिनियर र आर्किटेक्टहरूलाई सम्मान गरिने छ ।

इन्जिनियर दिवसको अवसर पारेर यस बर्ष नेपाल इन्जिनियर्स एसोसियसनले जब पोर्टलको समेत सुरुवात हुन गइरहेको छ ।

शुक्रबार, ०२ साउन २०८२, १७ : १२

प्रतिक्रिया