शाओमीको सुपर फास्ट चार्ज हुने पावर बैंक नेपाली बजारमा उपलब्ध

शनिबार, ०३ साउन २०८२, ११ : ३२

काठमाडौं- आजको डिजिटल युगमा मोबाइल फोन, ट्याब्लेट, इअरबडजस्ता उपकरण हाम्रो जीवनको अपरिहार्य हिस्सा बनेका छन्। यस्ता उपकरणहरूलाई लगातार प्रयोग गर्दा चार्ज सकिने समस्या आम देखिन्छ। त्यसैले यात्राको क्रममा, ट्राफिक जाममा फस्दा वा कार्यालयबाहिरको लामो समय बिताउँदा भरपर्दो पावर बैंक आवश्यक हुन्छ।

यही आवश्यकता बुझ्दै विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना टिकाउ र शक्तिशाली पावर बैंक नेपाली बजारमा ल्याएको छ। कम्पनीले रु ३,४९९ देखि रु ४,९९९ मूल्यको दायरा भित्र चार प्रकारका पावर बैंक उपलब्ध गराएको छ, जसले उपयोगकर्तालाई रोजाइ अनुसार छान्न सहज बनाएको छ।

शाओमी पावर बैंक ४आई (१०,००० mAh) रु. ३,४९९ मा उपलब्ध छ। २२.५ वाटको फास्ट चार्जिङ क्षमतासहितको यो कम्प्याक्ट पावर बैंकले एकैपटक तीनवटा डिभाइस चार्ज गर्न सक्छ। युएसबी–सी र युएसबी–ए पोर्टहरू भएका यस डिभाइसमा ‘टु वे चार्जिङ’ पनि सम्भव छ। क्लासिक ब्ल्याक, ओलिभ ग्रीन र कोरल पर्पल रंगमा उपलब्ध यो मोडल विद्यार्थी र कामकाजी वर्गका लागि उपयुक्त छ।

त्यस्तै, शाओमी पकेट पावर बैंक (१०,००० mAh) रु. ४,२९९ मा बिल्ट–इन केबलसहित उपलब्ध छ। यो मोडलले पनि २२.५ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ र ३.५ घण्टामा पूरै चार्ज हुन्छ। मरुन र ब्लू रंगमा पाइने यस पावर बैंकले यात्रामा थप सजिलो बनाउँछ।

बढी पावर चाहिनेका लागि रेड्मी पावर बैंक (२०,००० mAh) रु. ४,४९९ मा उपयुक्त विकल्प हो। यसमा १२ लेयर सुरक्षा सुविधा, लिथियम पोलिमर ब्याट्री र अधिक ताप वा सर्ट सर्किटबाट जोगाउने प्रविधि प्रयोग गरिएको छ। कालो र सेतो रंगमा उपलब्ध यस मोडलले लामो यात्रा र धेरै उपकरण प्रयोगकर्ताका लागि उपयुक्तता देखाएको छ।

शाओमी पावर बैंक ४आई (२०,००० mAh) रु. ४,९९९ मा उपलब्ध छ, जसले ३३ वाटको सोनीक चार्जिङ, लो पावर मोड, र चारवटा पोर्ट सुविधासहित एकैपटक तीन डिभाइस चार्ज गर्न सक्ने क्षमता राख्छ। करिब ६.९ घण्टामा पूरै चार्ज हुने यो पावर बैंक जेट ब्ल्याक, नाइट्रो ग्रीन र टर्बो ब्लू रंगमा उपलब्ध छ।

शाओमीले ग्राहकको सुविधा, सुरक्षा र बजेटलाई ध्यानमा राख्दै नयाँ प्रविधियुक्त पावर बैंकहरू प्रस्तुत गरेको छ।

 
शनिबार, ०३ साउन २०८२, ११ : ३२

प्रतिक्रिया