काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंकको ३१ हजार कित्ताभन्दा बढी सेयर बिक्रीमा राखिएको छ।
बैंकले बिक्रीमा राखेको संस्थापक समूहको ३१ हजार २२७ कित्ता सेयरमा हालका लागि बैंकका संस्थापक सेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन्।
निवेदन काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।
तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन पेस नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।
प्रतिक्रिया