काठमाडौं- भारतीय बजारमा टाटा पन्चले नयाँ रेकर्ड बनाएको छ । टाटा मोटर्सको पछिल्लो एसयूभी पन्चले भारतमा सबैभन्दा छोटो समयमै बिक्रीको ६ लाख युनिट पूरा गर्दै नयाँ रेकर्ड बनाएको हो ।
सन् २०२१ को अक्टोबरमा लन्च भएको टाटाको पन्चले ४ वर्षभन्दा कम समयमा ६ लाख युनिट बिक्रीको कोशेढुंगा पार गरेको हो । भारतीय बजारमा कुनै पनि मोडल ४ वर्षभन्दा कममै ६ लाख युनिट बिक्री भएको यो पहिलोपटक हो ।
सन् २०२५ को ५ महिनामै १ लाख युनिट बिक्री भएको टाटा पन्च लन्च भएको १० महिना अर्थात् सन् २०२२ को अगस्टमा १ लाख युनिट बिक्री भएको थियो ।
त्यस्तै, टाटा पन्चले सन् २०२३ को मेमा २ लाख, सन् २०२३ को डिसेम्बरमा ३ लाख, सन् २०२४ को जुलाइमा ४ लाख र सन् २०२५ को जनवरीमा ५ लाख युनिटको माइलस्टोन पार गरेको थियो ।
टाटा पन्च सब कम्प्याक्ट सेग्मेन्टकै पहिलो भारतीय एसयूभी हो । भारतमा इलेक्ट्रिक, पेट्रोल र सीएनजी भर्सनमा उपलब्ध भएको टाटा पन्च नेपाली बजारमा भने इलेक्ट्रिक र पेट्रोल भर्सनमा उपलब्ध छ ।
प्रतिक्रिया