काठमाडौं- काठमाडौंमा साउन २१ गतेबाट सुरु हुने नाइमा नेपाल मोबिलिटी अटो एक्स्पो २०२५ मा दुई नयाँ चिनियाँ अटो ब्राण्डले नेपाली बजारमा आफ्नो डेब्यू गर्ने भएका छन्। आइएम मोटर्स र डोङफेङ फरथिङ ब्राण्डका एसयूभी मोडेलहरू एक्स्पोमार्फत सार्वजनिक हुने भएका हुन्।
आइएम मोटर्सको चर्चित आइएम–सिक्स एसयूभी अत्याधुनिक डिजाइन, फिचर र लग्जरी विशेषताका कारण चर्चा कमाएको छ। यो ब्राण्ड एसएआईसी मोटर्स अन्तर्गत पर्छ र पारामाउन्ट मोटर्सले नेपालमा यसको वितरणको जिम्मा लिएको हो। आइएम–सिक्स मोडल एमजीको शोरुममार्फत बिक्री गरिने जानकारी दिइएको छ।

त्यस्तै, लक्ष्मी इमोबिलिटीले डोङफेङ फरथिङ ब्राण्ड अन्तर्गतको फ्राइडे मोडल नेपाली बजारमा सार्वजनिक गर्दैछ। यो मोडल प्रतिस्पर्धी कम्प्याक्ट एसयूभी सेग्मेन्टलाई लक्षित गरी ल्याउन लागेको हो ।

यी दुवै नयाँ मोडलको प्रवेशले नेपाली ईभी तथा एसयूभी बजारमा थप प्रतिस्पर्धा र उपभोक्तालाई नयाँ विकल्पको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया