काठमाडौं- याडिया नेपालले यही महिनाबाट नेपाली बजारमा नयाँ स्कुटर ल्याउने भएको छ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा याडियाले भेलक्स सिरिजअन्तर्गतका तीनवटा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्न लागेको हो।
कुजु नेपालमार्फत नेपाल भित्र्याइने याडिया भेलक्स स्कुटरहरू फास्ट चार्जिङ, लामो रेन्ज र शक्तिशाली मोटर क्षमताका कारण विशेष आकर्षण हुने कम्पनीको दाबी छ।
भेलक्स सिरिजअन्तर्गत ल्याइने स्कुटरमध्ये भेलक्स यु मोडलको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा रहनेछ भने एकपटकको चार्जमा १४० किलोमिटरसम्मको रेन्ज दिने जनाइएको छ। यो स्कुटरमा ७४ भोल्ट २० एम्पियर आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ।
यस्तै, भेलक्स फास्ट चार्जिङ स्कुटर २० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सक्नेछ र यसको अधिकतम रेन्ज ११० किलोमिटर रहनेछ। भेलक्स एच मोडलले भने १०० किलोमिटरसम्म रेन्ज दिनेछ।
तीनवटै स्कुटर एलएफपी ब्याट्री टेक्नोलोजीमा आधारित छन्।
नाइमा नेपाल मोबिलिटी एक्स्पो आगामी साउन २१ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ।
प्रतिक्रिया