भारतमा मारुती सुजुकीको पहिलो इलेक्ट्रिक कार ‘ई भिटारा’ लन्च हुँदै

आइतबार, ०४ साउन २०८२, १६ : २२

काठमाडौं- मारुती सुजुकीको पहिलो इलेक्ट्रिक कार ‘ई भिटारा’ सेप्टेम्बर ३ मा भारतमा लन्च हुने भएको छ । 

जनवरीमा पहिलो पटक सार्वजनिक भएको यसलाई २०२५ को सुरुवातमा लन्च गर्ने योजना बनाइएपनि कम्पनीले यस वर्षको सेप्टेम्बरमै लन्च गर्ने निर्णय गर्दै मिडिया हाउसलाई ‘ब्लक योर डेट’ निमन्त्रणा पठाएको हो । 

बेलायतमा औपचारिक सुरुवात भइसकेको मेड–इन–इन्डिया मारुती सुजुकी ई भिटारा भारतीय बजारमा पनि लन्च हुन लागेको हो । 

मारुतीले सो एसयूभीलाई दुई विभिन्न ब्याट्री विकल्पमा प्रस्तुत गर्नेछ। पहिलो ४९ किलोवाटघण्टाको ब्याट्री भएको संस्करण हो, जुन विशेष रूपमा २ ह्विल ड्राइभ सेटअपमा आउनेछ र यसले १४२ बीएचपी पावर र १८९ एनएम टर्क उत्पादन गर्नेछ। दोस्रो ६१ किलोवाट(घण्टाको ब्याट्री भएको संस्करण हो, जसमा दुई फरक कन्फिगरेसन हुनेछ । एक एकल मोटर भएको २ ह्विल ड्राइभ संस्करणले १७२ बीएचपी पावर र १८९ एनएम टर्क उत्पादन गर्नेछ, भने ड्युअल मोटर भएको अल ह्विल ड्राइभ संस्करण, जसले १८१ बीएचपी पावर र ३०० एनएमको टर्क उत्पन्न गर्नेछ।

सेफ्टीका लागि यसमा लेभल २ एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम दिइनेछ। साथै, यसमा ७ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, अगाडि र पछाडि पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा लगायतका थुप्रै सेफ्टी फिचर उपलब्ध हुनेछ।
 

 
आइतबार, ०४ साउन २०८२, १६ : २२

प्रतिक्रिया