बीएमडब्ल्युको सबैभन्दा सस्तो कार ‘ग्रान कुपे’ भारतमा लन्च

आइतबार, ०४ साउन २०८२, १६ : २७

काठमाडौं— बीएमडब्ल्यु इन्डियाले १७ जुलाई २०२५ मा नयाँ पुस्ताको २ सिरिज ग्रान कुपे सार्वजनिक गरेको छ। कम्पनीको लाइनअपमा यो अहिलेसम्मको सबैभन्दा सस्तो मोडल हो, जसको सुरुवाती मूल्य ४६.९ लाख भारतीय रुपैयाँ तोकिएको छ।

२१८एम स्पोर्ट र २१८एम स्पोर्ट प्रो गरी दुई भेरिएन्टमा उपलब्ध यो कारमा १.५ लिटरको ३(सिलिन्डर टर्बो पेट्रोल इन्जिन छ, जसले १४० एचपी पावर र २२० एनएम टर्क दिन्छ। ०–१०० किमी प्रतिघण्टा गति ८.६ सेकेन्डमा पुग्छ भने टप स्पीड २२५ किमी प्रतिघण्टा छ।

यसमा लेभल–२ एडास, ६ एयरब्याग, ३६०° क्यामेरा, क्रूज कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोलजस्ता आधुनिक सुरक्षा प्रविधि छन्। डिजाइनमा शार्क नोज, ब्ल्याक किड्नी ग्रिल, एलईडी हेडलाइट, १८ इन्च अलोय ह्विल र फ्रेमलेस डोर छन्।

इन्टेरियरमा १०.७ इन्च टचस्क्रिन, १०.२४ इन्च डिजिटल डिस्प्ले, हेड–अप डिस्प्ले, वायरलेस चार्जर, १२ स्पिकर हर्मन कार्डन साउन्ड सिस्टम र ४३० लिटर बुट स्पेस दिइएको छ।

यो कारले भारतीय बजारमा मर्सिडिज–बेन्जको ए–क्लास सँग प्रतिस्पर्धा गर्नेछ।

 
आइतबार, ०४ साउन २०८२, १६ : २७

प्रतिक्रिया