काठमाडौं- एनआइसी एशिया बैंक २८ औं वर्षमा प्रवेश गरेको छ । पहिलो रोजाईको बैंक बन्ने दृढ संकल्पका साथ २८ वर्षअघि शुरू भएको एनआइसी एशियाको यात्रा यहाँसम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै २८ औं वार्षिकोत्सव मनाएको छ ।
यस दौरानमाबैंकप्रति अनवरत रुपमा स्नेह एवं भरोसा दर्शाइ सबैको “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बन्न अतुलनीय योगदान दिइरहेका ग्राहकहरु, नियामक निकायहरू, सेयरधनीहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरूप्रति व्यक्त गरेको छ ।
नेपालको वित्तीय क्षेत्रमा जति योगदान गर्न सफल भएको छ यसको सम्पूर्ण श्रेय ग्राहकहरूलाई नै जाने भन्दै बैंकले आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने अठोट गरेको छ ।
बैंकले भौतिक उपस्थितिलाई समेत दरिलो बनाउँदै स्थापनाकालदेखि हालसम्म आइपुग्दा मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखारहित शाखा सञ्जालबाट सेवा दिँदै आएको छ ।
देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवाका लागि उत्तरदायी बैंकिङको अभ्यास गर्दै डिजिटल भुक्तानीलाई अझ सशक्त बनाउँदै वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत शाखा विस्तार गरी निर्वाध रुपमा बैंकिङ सेवा देशको कुनाकुनामा पु(याउन बैंक सफल भएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाको भनाई छ ।
प्रतिक्रिया