कम्प्याक्ट एसयूभीमा हुन्डाई क्रेटाको वर्चस्व, एक महिनामा १५ हजार यूनिट बिक्री

सोमबार, ०५ साउन २०८२, १३ : ४४

काठमाडौं— भारतको कम्प्याक्ट एसयूभी बजारमा हुन्डाई क्रेटाले लामो समयदेखि कायम गरेको अग्रता अझै कायमै देखिएको छ। बिक्री चार्टको शीर्ष स्थान ओगट्ने क्रम जारी राखेको यो मोडलले प्रतिस्पर्धी ब्रान्डहरूलाई चुनौतीपूर्ण अवस्थामा पु¥याएको हो ।

सन् २०२४ को जुन महिनामात्रै १५ हजार ७८६ यूनिट क्रेटा बिक्री भएको छ, जुन दोस्रो स्थानमा रहेको टोयोटा हाइराइडरको तुलनामा दोब्बरभन्दा बढी हो। टोयोटाले सोही अवधिमा जम्मा ७ हजार ४६२ यूनिट हाइराइडर मात्र बिक्री गरेको थियो।

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा थुप्रै ब्रान्डहरूले आफ्ना उत्पादन उतारिसके पनि, उपभोक्ताको प्राथमिक रोजाइ भने क्रेटा नै बनेको देखिन्छ। सुजुकीको ग्रान्ड भिटरा, किया सेल्टोस, फक्सवागन टाइगुन, महिन्द्राको बीई६ जस्ता प्रतिस्पर्धी मोडलहरू लगातार पछाडि परेका छन्।

पेट्रोल भर्सन मात्र नभई इलेक्ट्रिक संस्करणसमेत ल्याएको क्रेटाले ग्राहकलाई विविध विकल्प दिएको छ, जसले गर्दा बजारमा यसको पकड अझ बलियो बनेको हो।

नेपाली बजारमा पनि यो मोडल पेट्रोल र इलेक्ट्रिक दुवै संस्करणमा उपलब्ध रहेको छ। स्थानीय एसेम्बली सुरु भएपछि मूल्य झन्डै ९ लाख रुपैयाँसम्म घटेको छ, जसले गर्दा ग्राहक आकर्षण झनै बढेको छ।

 
सोमबार, ०५ साउन २०८२, १३ : ४४

प्रतिक्रिया