सफ्ट्वेरिका कलेजमा ‘टेक एक्स : एलिभेट २०२५’ सम्पन्न

सोमबार, ०५ साउन २०८२, १३ : ५३

काठमाडौं – सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सले आयोजना गरेको चारदिने प्रविधि महोत्सव ‘टेक एक्सस् एलिभेट २०२५’ सम्पन्न भएको छ। असार ३२ गतेदेखि श्रावण ३ गतेसम्म चलेको उक्त कार्यक्रममा १० हजारभन्दा बढीको उपस्थिति रहेको आयोजकले जनाएको छ।

उक्त प्रविधि महोत्सवमा ५० भन्दा बढी शैक्षिक संस्थाको सहभागिता, ३० भन्दा बढी कम्पनीको प्रदर्शनी र १५ं डिजिटल कन्टेन्ट क्रिएटरहरूको उपस्थितिले कार्यक्रमलाई आकर्षक बनाएको थियो।

विद्यार्थीहरूद्वारा तयार पारिएका करुणा, मिरा, स्टडीसेन्स, तोमात्रों जस्ता २० भन्दा बढी नयाँ प्रविधि प्रोजेक्टहरू कार्यक्रममा प्रदर्शन भएका थिए । त्यसैगरी, स्टार्टअप पिचिङ सेसनमा सहभागी २५ आइडियामध्ये ७ मा लगानीकर्ताहरूको चासो देखिएको आयोजकको दाबी छ।

कार्यक्रममा १ करोड रुपैयाँ लगानी घोषणा गरिएको छ भने ‘जब फेयर’मा ३० भन्दा बढी कम्पनी सहभागी भए। पाँच सयभन्दा बढी सहभागीहरूले प्रत्यक्ष अन्तर्वार्ता र करियर परामर्श लिने मौका पाए।

‘आइरन क्लाश’ नामक रोबोट युद्ध प्रतियोगिता कार्यक्रममा विशेष आकर्षण बन्यो। 

प्रतियोगिताका विजेताले ३ लाख रुपैयाँ बराबरको पुरस्कार जिते। इन्फ्लुएन्सर मिटअपमा सविन कार्की, राहुल खड्गी, सिद्धार्थ घिमिरे, सजिना खनाललगायत १५ भन्दा बढी चर्चित डिजिटल क्रिएटरहरूको उपस्थिति रहेको थियो।

नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेललगायत वक्ताहरूले ‘इन्स्पायर टक’ मार्फत युवाहरूसँग अनुभव साटेका थिए।

सफ्टवारिका कलेजले प्रविधि, शिक्षा, नवप्रवर्तन र प्रेरणाको संगमका रूपमा यस कार्यक्रमलाई अगाडि बढाएको जनाएको छ।

 
सोमबार, ०५ साउन २०८२, १३ : ५३

प्रतिक्रिया