कोपा अमेरिका: नमिठो हार चखाएको भेनेज्वेलासँग सेमिफाइनलमा  खेल्दै अर्जेन्टिना

४ बर्ष अगाडि

काठमाडौं –  कोपा अमेरिका फुटबलमा दोस्रो सेमिफाइनल खेलमा आज राति हुँदैछ । जहाँ अर्जेन्टिना र भेनेज्वेला आमनेसामने हुँदैछन् । खेल नेपाली समयअनुसार शनिबार बिहान १२ः४५ बजेबाट सुरु हुनेछ ।

समूह चरणमा सामान्य प्रदर्शन गरेको मेस्सीको टिम अर्जेन्टिना भेनेज्वेलालाई हराउँदै सेमिफाइनलमा ब्राजिलसँगको भेट पक्का गर्ने दाउमा छ । तर, अर्जेन्टिनाका लागि भेनेज्वेला सहज प्रतिस्पर्धी भने हुनेछैन ।

यसअघि गत मार्चमा भएको मैत्रीपूर्णा खेलमा भेनेज्वेलाले मेस्सीसहितको अर्जेन्टिनालाई ३–१ को नमिठो हार चखाएको थियो । त्यसपछि यी दुई टिम अफिसियल प्रतियोगितामा भिड्न लागेका हुन् ।

यसअघि भेनेज्वेला समूह ‘ए’को उपविजेता बनेर क्वार्टरफाइनलमा पुग्दा अर्जेन्टिना समूह ‘बी’को उपविजेता बनेर अन्तिम आठमा प्रवेश गरेको हो ।

मेस्सीको टिम अर्जेन्टिना यस प्रतियोगिताको उपाधि दाबेदार टिम हो । तर, समूह चरणमा अर्जेन्टिनाले उत्कृष्ट प्रदर्शन गर्न भने सकेन । नकआउट चरणमा लयमा प्रदर्शन गर्दै अर्जेन्टिना उपाधि जित्ने दाउमा छ ।

त्यसैगरी, भोलि (शनिबार) बिहान तेस्रो क्वार्टरफाइनल खेलमा कोलम्बिया र चिली खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बिहान ४ः४५ बजेबाट सुरु हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया