काठमाडौं– नेपाली बजारमा लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई–मोविलीटीले चिनियाँ अटो उत्पादक डोङफेङको ‘फरथिङ फ्राइडे’ एसयूभी नाइमा नेपाल मोबिलिटी एक्सपोमार्फत लन्च गर्ने भएको छ ।
फ्राइडे एसयुभीको दुईवटा भेरिएन्ट यसअघि नै नेपाल आएर परीक्षण भैरहेकोमा यो एसयुभी लक्जरी र एक्सक्लुसिभ भेरिएन्टमा उपलब्ध हुने भएको हो ।
यसको मूल्य ५६ लाख ९६ हजार र ६२ लाख ९६ हजार रुपैयाँ पर्ने बताइएको छ ।
६४.४ किलोवाट आवरको ब्याट्री प्याक जाडन गरिएको यस ईभीमा ९९ किलोवाट क्षमताको मोटर राखिएको छ । यसले सिंगल चार्जमा यसले ४०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
फरथिङ फ्राइडेमा भेन्टीलेटेड, हिटेड, मसाज र मेमोरी सिट उपलब्ध गराइएको छ । ८.८ इन्चको एलसीडी इन्स्टुमेन्ट क्लस्टर, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रीक टेलगेट, वायरलेस फोन चार्जर, प्यानारोमिक सनरुफ, मल्टी ड्राइभ मोड र ६ स्पीकर सहितको म्युजिक सिस्टम लगायत फिचर यस एसयूभीमा पाउन सकिन्छ ।
प्रतिक्रिया