नबिल बैंकको ऋणपत्र बिक्री खुला

मंगलबार, ०६ साउन २०८२, ११ : ५२

काठमाडौं- नबिल बैंकले आज मंगलबारदेखि ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ। बैंकले ८ वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर पाइने ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्कासन गरेको हो।

बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिने भएको छ । बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने भएको छ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ ।

प्रतिऋणपत्र अंकित मूल्य एक हजार तोकिएको छ । यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा ११ लाख ४० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यस ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

यस ऋणपत्र साउन ९ गतेसम्म निष्कासनमा रहनेछ । यो अवधिसम्म बिक्री नभएमा ढिलोमा साउन २० गतेसम्म खुल्ला रहने बैंकले जनाएको छ ।

 
मंगलबार, ०६ साउन २०८२, ११ : ५२

प्रतिक्रिया