एनआईसी एशिया बैंकका ग्राहकले एएसजी आई केयर एण्ड हेल्थ सर्भिसमा छुट पाउने

मंगलबार, ०६ साउन २०८२, १२ : ०९

काठमाडौं- एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रालिबीच यस बैंकका ग्राहकहरुको आँखा उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । 

यस सम्झौतासँगै बैंकका ग्राहकहरुले एएसजी आई केयर एण्ड हेल्थ सर्भिसमा आँखा उपचार सेवा लिई डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

ग्राहकहरुले Surgery Procedures मा १५ प्रतिशत वा बढीमा १० हजार रुपैयाँसम्म, Minor Investigation / Optical/lens मा १० प्रतिशतको छुटका साथै पहिलो पटक सेवा लिने ग्राहक महानुभावहरुले ओपीडी शुल्क र दर्ता शुल्कमा पूर्ण छुटको सुविधा उपभोग गर्न सक्नेछन् । 

सुविधाको प्रयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।

देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप एएसजी आई केयर एण्ड हेल्थ सर्भिससँगक सहकार्यले ग्राहकहरुको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 
 

 
मंगलबार, ०६ साउन २०८२, १२ : ०९

प्रतिक्रिया