दोल्ती पावर कम्पनीले बोलायो विशेष साधारणसभा

मंगलबार, ०६ साउन २०८२, १२ : ४१

काठमाडौं- दोल्ती पावर कम्पनीले आफ्नो विशेष साधारणसभा बोलाएको छ । 

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले साउन २२ गते  विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो। सभा काठमाडौंको पुरानो बानेश्वरस्थित काजीको किचनमा बिहान साढे ८ बजेबाट सुरु हुनेछ।

सभाले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ। 

हकप्रद सेयर बिक्रीबाट प्राप्त हुने रकमको उपयोगबारेमा सञ्चालक समितिले गरेको निर्णय सभाले अनुमोदन गर्नेछ।

यसैगरी अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्ने गरी प्रबन्धपत्रको दफा ६ मा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव सभाले पारित गर्नेछ। यी प्रस्तावहरुमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा संशोधन गर्न निर्देशन आएमा सोहीबमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले साउन १४ गते बुक क्लोज गर्ने निर्णय गरेकोले साउन १३ गतेसम्म कायम सेयरधनीहरु मात्रै यो सभामा भाग लिन योग्य हुनेछन्।

 
मंगलबार, ०६ साउन २०८२, १२ : ४१

प्रतिक्रिया