गत आर्थिक वर्षमा नेपालको कीर्तिमानी निर्यात, २ खर्ब ७७ अर्ब ३ करोडको वस्तु तथा सेवा निर्यात

मंगलबार, ०६ साउन २०८२, १३ : १७

काठमाडौं– नेपालले गत वर्ष उल्लेखनीय निर्यात गरेको छ। भन्सार विभागका अनुसार नेपालको निर्यात व्यापार ८१.८० प्रतिशतले फस्टाएको हो। 

आर्थिक वर्ष २०८१ को साउनदेखि २०८२ को असारसम्म नेपालबाट २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजार रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको छ। अघिल्लो वर्ष नेपालले १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजारको निर्यात गरेको थियो। 

ताजा तथ्यांकअनुसार नेपालले यो अवधिमा आयात समेत १३।२५ प्रतिशतले बढाएको छ। यसअनुसार १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजारको वस्तु तथा सेवा आयात गरेको छ। अघिल्लो वर्ष १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजारको आयात गरेको थियो। 

गत वर्ष नेपालको व्यापारघाटा समेत ६ प्रतिशतले बढेको देखिएको छ। अघिल्लो वर्ष १४ खर्ब ४० अबत्र्र ६० करोड ४२ लाख ८४ हजार रहेको घाटा गत वर्ष १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख ३० हजार पुगेको छ। 

गत वर्ष नेपालले कुल २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख ३३ हजार रुपैयाँबराबरको वैदेशिक व्यापार गरेको छ। जुन अघिल्लो वर्षको १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजारको तुलनामा १९.२४ प्रतिशतले बढी हो। 

कुल व्यापारमा निर्यातको हिस्सा ५२।४७ प्रतिशतले धनात्मक हुँदा आयातको हिस्सा ५।०२ प्रतिशतले ऋणात्मक छ। 

 
मंगलबार, ०६ साउन २०८२, १३ : १७

प्रतिक्रिया