काठमाडौं- चांगानको न्यू इनर्जी भेहिकल ब्राण्ड दीपलको एस–०५ मोडलको तीन भेरियन्ट नेपाल आएका छन् ।
एमएडब्लू वृद्धि अटोकर्पले प्रकाशित गरेको अधिकतम खुद्रा बिक्री मूल्यमा लाइट भेरियन्टको ६२ लाख ९९ हजार, प्लस भेरियन्टको ६५ लाख ९९ हजार र म्याक्स भेरियन्टको ६७ लाख ९९ हजार रुपैयाँ अधिकतम खुद्रा बिक्री मूल्य तोकिएको छ ।
थाइल्याण्डमा उत्पादन भएको दीपल एस–०५ ९९ किलोवाट पीकपावर भएको इलेक्ट्रिक मोटरमा आएको हो । कम्पनीले हाल प्रकाशित गरेको मूल्य भन्सार प्रयोजनको लागि हो । त्यसैले बजारमा आउँदा मूल्य भने फरक हुनेछ ।
प्रतिक्रिया