सीजी मोटर्सले ल्यायो एक्स्ट्रा ओडिनरी अफर, एवोन ईभीमा विशेष छुट दिने

मंगलबार, ०६ साउन २०८२, १३ : ५०

काठमाडौं- एवाेन ईभीकाे आधिकारिक वितरक सीजी माेटर्सले “The Extraordinary Offer” नामक विशेष प्रोमोशनल अफर सार्वजनिक गरेको छ। नेपालमा प्रिमियम इलेक्ट्रिक मोबिलिटीलाई थप सुलभ बनाउने उद्देश्यले कम्पनीले यो अफर ल्याएको हो । 

सीमित अवधिका लागि लागू हुने यो अफर अन्तर्गत ग्राहकहरूले एवाेन गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । Dost Seres यस अफरको उद्देश्य प्रिमियम इलेक्ट्रिक गाडीहरूलाई अझ सुलभ बनाउनुका साथै नेपालको स्वच्छ र दिगो भविष्य निर्माणतर्फको एवाेनको दृष्टिकोणलाई सुदृढ गर्नु हो।

अफर अन्तर्गत ग्राहकहरूले ६.६४ प्रतिशतको न्यूनतम ब्याजदरमा ऋण सुविधा, ४८ कार्य घण्टाभित्र ऋण प्रक्रिया सम्पन्न, र ७ वर्षसम्मको लोन अवधि पाउनेछन्। साथै, प्रत्येक खरिदमा ६.६ किलोवाटको होम चार्जर र ३.३ किलोवाटको ट्राभल चार्जर, एक वर्षको सवारी कर र बीमा  उपलब्ध हुनेछ। साथसाथै, आकर्षक एक्सचेन्ज बोनस र ब्ल्याक एन्ड डेक्केर ब्रान्डको भ्याकुम क्लिनर तथा कार वासर पनि उपहार स्वरूप प्रदान गरिनेछ।

एवाेनका इलेक्ट्रिक गाडीहरू नेपालमा भविष्यमुखी डिजाइन र प्रविधिको प्रतीकका रूपमा स्थापित भइरहेको कम्पनीले बताएकाे छ ।

 
मंगलबार, ०६ साउन २०८२, १३ : ५०

प्रतिक्रिया