दुई ब्याट्री अप्सनसहित नेपाल भित्रिए नामी–०६ का तीन भेरियन्ट

बुधबार, ०७ साउन २०८२, १० : ३८

काठमाडौं- एमएडब्लू वृद्धि मोटर्सले नेपाली बजारमा डोङफेङ नामी–भिगो नामको नयाँ एसयूभी नेपाल ल्याएको छ ।

कम्पनीले नामी भिगो मोडललाई तीन भेरियन्टमा नेपाल ल्याएको हो । आगामी नाडा अटो शो २०२५ मा प्रदर्शनी हुने नामी भिगो दुई ब्याट्री अप्सनमा आएको कम्पनीले बताएको छ । 

एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई–१ को मूल्य ५७ लाख ९९ हजार, ई–२ को मूल्य ६० लाख ९९ हजार र ई–२ प्लसको मूल्य ६२ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

कम्पनीले ई–१ र ई–२ मा ४४.९४ किलोवाट आवर र ई–२ प्लसमा ५१.८७ किलोवाट आवरको ब्याट्री दिएको जनाएको छ । 

 
बुधबार, ०७ साउन २०८२, १० : ३८

प्रतिक्रिया