जेकोको नयाँ एसयूभी ‘जे–फाइभ’ नेपालमा सार्वजनिक हुँदै

बुधबार, ०७ साउन २०८२, ११ : २७

काठमाडौं- चेरी अटोमोबाइल ग्रुपको न्यू इनर्जी ब्राण्ड ओमोडा/ जेकोको नयाँ एसयूभी नेपाल आएको छ । 

ओमोडा/जेकोको आधिकारीक बिक्रेता एपीजी अटोमोबाइलले नाइमा मोविलिटी एक्स्पोबाट बिक्री सुरु गर्ने योजनासहित जे–फाइभ नेपाल ल्याएको हो ।

निकै पावरफुल मोटरमा नेपाल आएको जेको जे–फाइभको मूल्य ६० लाख ९९ हजार रुपैयाँ प्रकाशित गरेको छ । कुनै पनि नयाँ गाडी नेपाल प्रवेश गर्नुअघि भन्सार प्रयोजनको लागि अधिकतम खुद्रा बिक्री मूल्य प्रकाशित गर्नु पर्ने प्रावधान अनुसार यो मूल्यसूची छापिएको हो ।

करिब ५५ लाख रुपैयाँ आसपासको मूल्यमा आउने अनुमान गरिएको जे–फाइभको केही महंगो हुनुको कारण यसको मोटर पावर हो ।

 कम्पनीले यसलाई १५५ किलोवाट पीकपावर क्षमता भएको मोटरमा ल्याएको छ । यदि, १०० किलोवाट वा त्योभन्दा कम क्षमताको मोटरमा आएको भए ५५ लाख हाराहारी मूल्यमै आउने अनुमान गर्न सकिन्छ ।

जेको जे–फाइभमा ६०.९ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । यसको लम्बाइ ४३८० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६५० एमएम छ । यसमा २६२० एमएम लामो ह्वीलवेस दिइएको छ ।

सुरक्षाको लागि एडास लेभल टु फिचर उपलब्ध यसमा एडाप्टिभ क्रूज कन्ट्रोल, अटोमेटीक इमेर्जेनसी ब्रेकिङ जस्ता फिचर छन् । साथै इन्टेलिजेन्ट क्लाइमेट कन्ट्रोल, रिमोट कन्ट्रोल फंक्शन र इन्टरनेट मार्फत सफ्टवेयर अपडेट उपलब्ध हुनेछ ।

 
बुधबार, ०७ साउन २०८२, ११ : २७

प्रतिक्रिया