टीभीएसको नयाँ मोटरसाइकल 'आरटीआर ३१०' नेपालमा साउन २१ गते सार्वजनिक हुँदै

बुधबार, ०७ साउन २०८२, १६ : १०

काठमाडौं- टीभीएसको मोटरसाइकल आरटीआर ३१० आगामी साउन २१ गते सार्वजनिक हुने भएको छ । कम्पनीले आरटीआर ३१० भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोविलिटी एक्स्पोमा सार्वजनिक गर्न लागेको हो ।  

टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आफ्नो बिक्री सुरु गर्नेछ । बजारमा २०० सीसीदेखि ४०० सीसीसम्मका मोटरसाइकलमा देखिएको क्रेजलाई हेरेर कम्पनीले अपाचे आरटीआर ३१० नेपाल ल्याउने भएको हो ।

टीभीएसले आपचे आरटीआर ३१० सँगै यसअघि नै बजारमा रहेको आरआर ३१० समेत पुनः बजारमा ल्याउने कम्पनीका मार्केटिङ प्रमुख सन्दीप शर्माले बताए । उनका अनुसार कम्पनीले ग्राहकको माग अनुसार आरटीआर का ४र५ वटा भेरियन्ट मगाउने तयारी गरेको जानकारी दिए । 

नेपाली बजारमा बिक्री हुँदै आइरहेको आरआर ३१० कै नेकेड भर्सनको रुपमा बजारमा आउने आरटीआर ३१० निकै पावरफुल इन्जिन र प्रिमियम मोटरसाइकलमा पाइने फिचरका साथ आउनेछ ।

अपाचे रिसिजमा सबैभन्दा पावरफुल आरटीआर ३१० मा भएको ३१० सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिनले ३५ बीएच पावर र २७.८ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा ६ स्पीड गियरबक्सका साथै स्लीपर क्लच, स्पोर्टस् मोड, अर्वान, रेन र ट्रयाक मोडसहित ५ राइड मोड उपलब्ध हुनेछन् ।

जगदम्बा मोटर्सले नेपालमै एसेम्बल गर्ने अपाचे आरटीआर ३१० को मूल्य ६ लाख ५० हजार हाराहारी राख्ने अनुमान गरिएको छ । 

 
 
 
बुधबार, ०७ साउन २०८२, १६ : १०

प्रतिक्रिया