सामसुङले ‘ग्यालेक्सी एम ३६ फाइभजी' नेपालमा सार्वजनिक गर्ने

बुधबार, ०७ साउन २०८२, १६ : १८

काठमाडौं — दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङले आफ्नो M सिरिजको नयाँ स्मार्टफोन Galaxy M36 5G नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । 

कम्पनीले यसलाई Velvet Black र Serene Green रंगमा, देशभरका आधिकारिक Samsung रिटेल स्टोरहरूमार्फत उपलब्ध गराउनेछ। सामसुङले फोनलाई दुई स्टोरेज भेरियन्टमा ल्याउने तयारी गरेको छ। 8GB RAM र 128GB स्टोरेज भएको मोडलको मूल्य रु ३६,९९९, भने 8GB RAM र 256GB स्टोरेज भएको मोडलको मूल्य रु ४१,९९९ निर्धारण गरिएको छ।

Galaxy M36 5G मा Exynos 1380 (5nm) प्रोसेसर, 5000mAh ब्याट्री, र 25W फास्ट चार्जिङ सुविधा छ। कम्पनीका अनुसार यो फोन उच्च परफर्मेन्स, गेमिङ क्षमता र ऊर्जा खपतको सन्तुलनमा केन्द्रित हुनेछ। साथै, Vapor Cooling Chamber प्रणालीमार्फत लामो प्रयोगमा फोन तात्न नदिने प्रविधि पनि समावेश गरिएको छ। फोनको 6.7-इन्चको FHD+ Super AMOLED डिस्प्ले 120Hz रिफ्रेश रेट र Vision Booster टेक्नोलोजीले सुसज्जित छ। Corning Gorilla Glass Victus+ ले फोनलाई ड्रप र स्क्र्याचबाट सुरक्षित बनाउनेछ।

फोन 7.7mm पातलो छ, जसले प्रिमियम लुक दिन्छ। क्यामेरा पक्षमा, यसमा 50MP OIS ट्रिपल क्यामेरा, Auto Night Mode, र Nightography फिचरहरू छन्। अगाडि र पछाडिका क्यामेराले 4K भिडियो रेकर्डिङ गर्न सक्छन्। साथै, Photo Remaster र Object Eraser जस्ता एडिटिङ टुलहरू पनि उपलब्ध छन्।

यो स्मार्टफोनमा Google सँगको Circle to Search र Gemini Live जस्ता AI फिचर समावेश गरिएको छ। यसले तस्बिर पहिचानदेखि AI असिस्टेन्टसँग प्रत्यक्ष संवादसम्मको सुविधा दिनेछ।

सामसुङले फोनमा ६ वर्षसम्मको सुरक्षा अपडेट र छ वटा Android जेनेरेशनको अपग्रेड उपलब्ध गराउने बताएको छ। One UI 7 मा आधारित यो फोनमा Samsung Knox Vault मार्फत डेटा सुरक्षा सुनिश्चित गरिएको छ।

कम्पनीका अनुसार Galaxy M36 5G ले नयाँ पुस्तालाई लक्षित गर्दै डिजाइन, सुरक्षा, एआई र परफर्मेन्स को समायोजनका साथ बजारमा प्रतिस्पर्धा गर्नेछ।

 
 
बुधबार, ०७ साउन २०८२, १६ : १८

प्रतिक्रिया