काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले काठमाडौंको नागपोखरीमा रहेको ई–स्पोट नेपालको सेवामा विशेष छूट पाउने भएका छन्।
सिटिजन्स बैंक र ई–स्पोट नेपालबीच बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिंग प्रयोगकर्ता ग्राहकलाई छुट दिने सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
यससँगै सिटिजन्स बैंकका ग्राहकले ई–स्पोट नेपालको सबै आउटलेटमा ५ प्रतिशत ईभी चार्जिङ र ५ प्रतिशत फुडमा गरी १० प्रतिशतसम्मको छूट पाउने भएका छन्।
यस्तो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।
प्रतिक्रिया