काठमाडौं— नेपालको विद्युतीय सवारीसाधन बजारमा नयाँ युगको सुरुवात गर्दै YADEA ले आफ्नो VELAX सिरिज सार्वजनिक गर्ने तयारी गरेको छ। NAIMA अटो शो २०२५ मा YADEA का तीन अत्याधुनिक इलेक्ट्रिक स्कुटर सार्वजनिक गरिने भएका छन्, जसले नेपाली बजारमा ‘गेम चेन्जर’को भूमिका खेल्ने अपेक्षा गरिएको छ।
नेपालका लागि YADEA को एक मात्र आधिकारिक वितरक कुजु नेपाल प्रा.लि. ले सार्वजनिक गर्न लागेको VELAX सिरिजमा VELAX Fast Charging, VELAX U: Ultra Performance र VELAX H: High Performance गरी तीन मोडेल समावेश छन् ।
यी मोडेलहरू शक्तिशाली मोटर, उच्च टर्क, लामो रेञ्ज र स्मार्ट चार्जिङ्ग प्रविधियुक्त छन्। YADEA को दाबी अनुसार, यी स्कुटरहरूले शहरी यात्राको शैली र प्रवृत्तिमा क्रान्तिकारी परिवर्तन ल्याउनेछन्।
VELAX Fast Charging
चार्जिङ्गमा नयाँ गति व्यस्त सहर र द्रुत गतिका यात्रुहरूलाई लक्षित गरिएको VELAX Fast Charging मोडेलमा ७६V ३०Ah LFP ब्याट्री जडान गरिएको छ। २० मिनेटमा ८०% चार्ज, ११० किमी रेञ्ज, ३२००W मोटर, ६२ किमी/घण्टा टप स्पीड, १७२ N·m टर्क भएको यस स्कुटरले डेलिभरी, अफिस वा दैनिक आवतजावत गर्ने प्रयोगकर्ताहरूको जीवनलाई सहज बनाउनेछ।
VELAX U: Ultra Performance
अल्टिमेट प्रदर्शनको प्रतीक Ultra Performance को संक्षेप ‘U’ नामधारण गरेको यो मोडेल YADEA को प्रमुख र सबभन्दा शक्तिशाली स्कुटर हो। ७४V २०Ah डुअल ब्याट्री सिस्टम १४० किमी सम्मको रेञ्ज ४९००W मोटर, ८० किमी/घण्टा गति, १७६ N·m टर्क भएको यस स्कुटरले गति र पावरको नयाँ अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ।
VELAX H: High Performance
शक्तिशाली स्कुटर, सुलभ मूल्यमा दैनिक प्रयोगकर्तालाई लक्षित गरिएको VELAX H मा ७२V ३०Ah ब्याट्री, १०० किमी रेञ्ज, ३२००W मोटर, ६२ किमी/घण्टा टप स्पीड, १७२ N·m टर्क जडान गरिएको छ। यो मोडेल YADEA को भरपर्दो र मूल्य–मैत्री स्कुटरको परिचायक बनेको छ।
VELAX सिरिजका तीनवटै मोडेललाई YADEA को प्याभिलियनमार्फत NAIMA अटो शो २०२५ मा सार्वजनिक गर्नेछ । मूल्य, उपलब्धता र थप प्राविधिक विवरणहरू पनि सार्वजनिक गरिने YADEA नेपालले जनाएको छ।
प्रतिक्रिया