काठमाडौं— नेपालमा दिपल एस–०७ इलेक्ट्रिक एसयूभीले बिक्री सुरुवातको डेढ वर्षमै ९ सयभन्दा बढी युनिट बिक्री गर्दै लक्जरी ईभी सेग्मेन्टमा नम्बर १ स्थान हासिल गरेको कम्पनीले दाबी गरेको छ।
२०२४ मार्चमा नेपालमा सार्वजनिक गरिएको यो मोडल इटालियन डिजाइन र चिनियाँ प्रविधिको संयोजनका कारण नेपाली बजारमा छिट्टै लोकप्रिय बन्न सफल भएको हो। नेपालमा दिपल एस०७ को आयात र वितरणको जिम्मा एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु वृद्धिले लिएको हो।
दिपल एस–०७ मा ९९ किलोवाट र १६० किलोवाट क्षमताका मोटर उपलब्ध छन्। अधिकतम ३२० एनएम टर्क प्रदान गर्ने यो स्कुटरले ० देखि १०० किमीरघण्टा गति ७ सेकेन्डमै लिनसक्छ।
कम्पनीका अनुसार यसको साधारण भेरिएन्टले ४१० किमी र लङ रेन्ज भेरिएन्टले ४८५ किमी डब्लुएलटीपी रेन्ज दिने क्षमता राख्छ।
इटालीको टुरिनमा ख्यातिप्राप्त डिजाइनर बर्नार्ड बेकको नेतृत्वमा डिजाइन गरिएको एस–०७ को स्वरूपलाई भविष्यवादी र लक्जरियस बनाइएको छ।
यसमा फ्रेमलेस डोर, फ्लस पप-आउट ह्यान्डल, स्टार पेटल एलईडी डीआरएल, पानोरामिक सनरुफ, र इलेक्ट्रिक रिट्र्याक्टेबल मिरर छन्। भित्री सजावटमा भेन्टिलेटेड सिट, डुअल टोन अपहोल्स्ट्री, र ६४ कलर कस्टम एम्बियन्ट लाइटिङ प्रयोग गरिएको छ।
दिपल एस–०७ मा हुवावेको कियानकुन एडास सिस्टम जडान गरिएको छ, जसले लेन किप असिस्ट, ब्लाइन्ड स्पट मोनिटरिङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ३६० डिग्री क्यामेरा, र स्मार्ट पार्किङ असिस्टेन्स सुविधा प्रदान गर्छ।
यसमा १५.६ इन्च टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेड-अप डिस्प्ले, हार्मोनी ओएस, स्न्यापड्रागन ८१५५ चिपसेट, वायरलेस एप्पल कारप्ले, र जेस्चर कन्ट्रोल जस्ता अत्याधुनिक सुविधा छन्।
दिपल एस–०७ मोडलले नेपालमा ईभी बजारको परिभाषा परिवर्तन गरेको कम्पनीको दाबी छ ।
प्रतिक्रिया