काठमाडौं - नेपालगञ्ज केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकमा भएको घोटालाको बारेमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) ले छानबिन गरिरहेको छ । सिआइबी को अनुसन्धानले उक्त बैंकमा अर्बौै रकम घोटाला भएको देखाएको छ । सिआइबीले अनुसन्धान गरेको प्रतिवेदनमा कर्णाली डेभलपमेन्ट बैंकमा ३ अर्ब २० करोड रुपैयाँ घोटाला भएको देखिएको हो ।
सिआइबीले तयार पारेको प्रतिवेदनमा सवा ३ अर्ब रुपैयाँ घोटाला भएको र १११ जनालाई प्रतिवादी बनाउनुपर्ने निष्कर्ष निकालिएको छ ।
निक्षेपकर्ताको झण्डै ५ अर्ब रुपैयाँमध्ये ३ अर्ब २० करोड रुपैयाँ बैंकको भल्टबाट नै विभिन्न नक्कली कागजात बनाई बाहिर निकालिएको निष्कर्ष सिआइबीको रहेको छ ।
प्रतिवादीमध्ये ४ जना पक्राउ परेको र ३ जनाको मृत्यु भइसकेको छ भने १०४ जना फरार प्रतिवादी रहेको सिआइबीको अध्ययनले देखाएको छ ।
प्रतिक्रिया