बतास एमएडब्ल्यू सम्मानित, ‘सर्व श्रेष्ठ वितरक–दशिण एसिया’ को उपाधि

शुक्रबार, ०९ साउन २०८२, १५ : २२

काठमाडौं–बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई अन्तराष्ट्रिय वार्षिक डिलर सम्मेलन–२०२५ मा प्रतिष्ठित ‘सर्व श्रेष्ठ वितरक–दशिण एसिया’ पुरस्कारबाट सम्मानित गरिएको छ ।

मलेसियामा भोल्भो आइसर कमर्सियल भेहिकलले आयोजना गरेको उक्त सम्मेलनमा बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई सम्मान गरिएको हो ।

सम्मेलन १६ जुलाई २०२५ देखि २० जुलाई २०२५ सम्म मलेसियामा आयोजना गरिएको थियो ।  यो पुरस्कार (VECV)  का MD तथा CEO का विनोद अग्रवालले प्रदान गर्नु भएको थियो । (VECV) का सबै अन्तर्राष्ट्रिय वितरकहरूको उपस्थितिमा हेमन्त पुराणिक (VECV) र शान्ता राजबतास  (MD – BATAS MAW Commercial) ले ग्रहण गर्नुभएको थियो ।

शुक्रबार, ०९ साउन २०८२, १५ : २२

प्रतिक्रिया