नाइमा नेपाल मोबिलिटी एक्स्पोका लागि टोयोटाको ‘मेगा अफर’ सार्वजनिक

शनिबार, १० साउन २०८२, ११ : ५९

काठमाडौं- नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को लागि नेपालमा टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले विशेष अफर ल्याएको छ।

अगस्त ६ देखि १० तारिख सम्म भृकुटीमण्डपमा आयोजना हुने उक्त एस्क्पोमा युनाइटेड ट्रेडर्स सिन्डीकेटले 'टोयोटा मेगा अफर' ल्याउँदैछ । एक्स्पोमा टोयोटाको तीन मोडल – Yaris Cross Hybrid Electric , Land Cruiser 250 प्रदर्शनमा राखिनेछन् |

एक्स्पोमा टोयोटाको कुनै पनि बुकिंग गर्ने प्रत्येक ग्राहकले 'मेगा डिस्काउन्ट' , 'प्ल्याटिनम कार्ड' साथै एक्स्पोमा बुकिंग गरिएका सवारी साधनको लागि जीवनभर पिकअप तथा ड्रप सुविधा ( lifetime free pick up and drop service) पाउनेछन् । स्टलमा आउने हरेक आगन्तुकले आकर्षक टोयोटा गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्नेछन् ।

यो अफर नेपाल मोबिलिटी एक्स्पो २०२५ मा बुकिंग गर्ने ग्राहकहरुको लागि मात्रै उपलब्ध हुने कम्पनीले जनाएको छ । 
 

 
शनिबार, १० साउन २०८२, ११ : ५९

प्रतिक्रिया