हेनरी भोल्ट्सको ‘मोडल सी प्रो’ नेपालमा सार्वजनिक हुने

आइतबार, ११ साउन २०८२, ११ : ४३

काठमाडौं- नेपालमा हेनरी भोल्ट्स इलेक्ट्रिक गाडीको आधिकारीक वितरक एस क्युब इन्टरप्राईजेजले नयाँ पुस्ताको स्मार्ट सिटी कार मोडल सी प्रो सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ मा गाडीको औपचारिक सार्वजनिक गर्ने जनाएको छ। यो नयाँ मोडल कम्पनीको अघिल्लो सफल मोडल Model H को परिष्कृत संस्करण हो। Model H ले काठमाडौंमै ३०० भन्दा बढी सन्तुष्ट ग्राहक बनाइसकेको छ। Model C Pro ले ब्याट्री क्षमता, मोटर पावर, चार्जिङ सुविधा र सवारी सहजताको हिसाबले नेपाली बजारमा महत्वपूर्ण फड्को मार्ने अपेक्षा गरिएको छ।

Model C Pro मा २५ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ, जसले एकपटकमा ३०० किलोमिटरको CLTP रेन्ज दिन्छ। यसमा ३०kW को DC फास्ट चार्जिङ सपोर्ट समेत उपलब्ध छ, जसले गाडीलाई ४० मिनेटमा ८०% सम्म चार्ज गर्न सक्षम बनाउँछ।

a10c8e21-e54e-4e99-9ab0-149926cb0613

पावर गाडीको मोटर पावर ३५ किलोवाट र टर्क ११० न्यूटन मिटरसम्म बढाइएको छ। कम्पनीका अनुसार यो अपडेटले विशेषगरी नेपालका उकालो चढाइमा अझ सहज र स्मूथ ड्राइभिङ अनुभव दिनेछ। Model C Pro को लम्बाइ ३.३८ मिटर र चौडाइ १.४९ मिटर रहेको छ। छोटो टर्निङ रेडियस (४.८५ मिटर) का कारण काठमाडौंका साँघुरा गल्ली तथा पार्किङका लागि उपयुक्त मानिएको छ। गाडीमा नयाँ फेसलिफ्ट, चार आकर्षक रङ (लेमन ग्रिन, चेरी रेड, रुबी ब्ल्याक, कोकोनट ह्वाइट), एलुमिनियम ह्विल र ९ इञ्चको टच स्क्रिन सहितको आकर्षक इन्टेरियर रहेको छ।

Model C Pro मा अघिल्लो मोडलको जस्तै ‘डोअरस्टेप सर्भिस’ उपलब्ध छ। यस अन्तर्गत ग्राहकको गाडी उठाइन्छ, सेवा केन्द्रमा मर्मत गरी फिर्ता गरिन्छ, जसले ग्राहकलाई सर्भिसको झन्झटबाट मुक्त बनाउने कम्पनीको दाबी छ। यसमा सिंगल एयरब्याग, ABS, EBD, हिल होल्ड असिस्ट, ISO Fix, रिभर्स क्यामेरा, LED DRLs, स्मार्ट की, ब्लुटुथ अडियो सिस्टम, डुअल USB चार्जिङ पोर्ट, स्पोर्ट स्टेयरिङ जस्ता सुविधा पनि छन्।

कम्पनीले Model C Pro को प्रारम्भिक मूल्य रु. २३ लाखभन्दा कम राख्ने घोषणा गरेको छ, जसले यसलाई नेपालको सस्तो लङ–रेन्ज इलेक्ट्रिक गाडीको रूपमा प्रस्तुत गर्दछ।

मोबिलिटी एक्स्पो २०२५ मा विशेष छुटसहित बुकिङ खुला गरिने यस कारलाई NAIMA प्रत्यक्ष हेर्न र परीक्षण गर्न सकिनेछ।

 
आइतबार, ११ साउन २०८२, ११ : ४३

प्रतिक्रिया