काठमाडौं- जोन्टेस मोटरसाइकलको नयाँ शोरुम पोखरामा विस्तार भएको छ । जोन्टेसको नेपालका लागि आधिकारिक वितरक आइरन मंक प्रालिले शनिबार एक कार्यक्रम आयोजना गरी नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।
पोखरा र आसपस क्षेत्रमा जोन्टेस ब्रान्डका मोटरसाइकल बिक्री तथा बिक्री पछिको सेवा उपलब्ध गराउन अनिकी ट्रेडर्सलाई सो क्षेत्रका लागि बिक्रेतामा नियुक्त गरिएको आइरन मंकका संस्थापक कलश तुलाधरले बताए ।
अनिकी ट्रेडर्सका निर्देशक प्रन्सु बिजुक्छेले यस क्षेत्रका जेन्टेस ग्राहकलाई बिक्री र बिक्री पछिको सेवा दिन प्रतिबद्ध रहेको बताए ।
दुई वर्षअघि नेपाल भित्रिएको जोन्टेस नेपाली युवा राइडरमाझ लोकप्रिय बनिरहेको छ । नेपालमा हाल यसको १२५ देखी ३५० सिसी क्षमतासम्मका डुअल पप्रोस बाइक उपलब्ध रहँदै आएका छन् ।
प्रतिक्रिया