काठमाडौं- सांग्रिला मोटर्सले आगामी नाइमा मोविलिटी एक्स्पोमा प्रदर्शनी गर्ने बी–१० एसयूभी नेपाल आइपुगेको छ । लीपमोटरको दोस्रो एसयूभीको रुपमा बी–१० नेपाल आएको हो ।
नाइमा मोविलिटी एक्स्पोमा राखेर बुकिङ सुरु गर्ने योजनाका साथ बी–१० नेपाल ल्याएको कम्पनीको भनाई छ । यसको डेलिभरी भने सेप्टेम्बरबाट सुरु हुनेछ ।
आगामी साउन २१ गतेबाट आयोजना हुन लागेको मोविलिटी एक्स्पोमा विशेष प्रदर्शनी हुने बी–१० एसयूभी नेपाली बजारमा १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा आउने छ । यसको पीकटर्क २४० न्यूटन मिटर छ ।
लीपमोटरले बी–१० एसयूभीमा ६७.१ किलोवाट आवर र ५६.२ किलोवाट आवरको दुई ब्याट्री अप्सन दिएको छ । सम्भवत दुबै ब्याट्री अप्सनमा बी–१० नेपाल आउने छ ।
युरोपियन ब्राण्ड स्टेलान्टीसको प्रबेशसँगै आक्रमक बजार विस्तारमा देखिएको लीपमोटरले बी–१० एसयूभीलाई फिचर लोडेड बनाएर ल्याएको छ ।
प्रतिक्रिया