काठमाडौं- सेगवेले नेपाली बजारमा दुइ नयाँ ई–बाइक सार्वजनिक गर्ने भएको छ ।
नेपालका लागि सेगवेको आधिकारिक वितरक आइहब प्रालिले साइबर र सफारी गरि दुइ मोडलको ई–बाइक साउनमा २१ गतेदेखि सुरु हुने नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गर्ने भएको हो ।
यी दुबै ई–बाइकमा ब्याट्री र मोटरसँगै फुट प्याडल पनि दिइएको छ । यी बाइक चलाइ रहेको अवस्थामा चार्ज सकियो भने प्याडलको मद्दतले साइकलको रुपमा पनि चलाउन सकिने छ ।
साइबर ई–बाइक नर्मल अफरोडमा पनि चलाउन सकिने छ । यसमा ३ किलोवाट मोटर र डबल ब्याट्री अप्सन पाउन सकिन्छ । डबल ब्याट्रीमा प्याडल असिस्टमा २२५ किलोमिटरसम्म रेन्ज पाउन सकिन्छ । सफारीमा ७५० वाटको हब मोटर र ९३६ वाट आवरको ब्याट्रीप्याक रहेको छ ।
यसमा कम्फर्टेवल सस्पेन्सन सेटअप, एप्पल सपोर्ट गर्ने एप, एयर लक किलेस लकिङ सिस्टम, एप एसेस र कन्ट्रोलर, तातो र चिसो मौसम सेक्युरिटि लायर्स, ४ एम्पीएरको फास्ट चार्जिङ, अल इन वान कनेक्टेड स्मार्ट ककपिट जस्ता फिचरहरु छन् ।
त्यसैगरि, साइबरमा पनि अफरोड क्यापेबल सस्पेन्सन र टायर पाउन सकिन्छ । यसमा प्याडल असिस्ट टेक्नोलोजी, कन्ट्रोलर सहितको २.४ इन्चको कलरफुल डिस्प्ले, स्मार्टफोन इन्टिग्रेसनसँगै मोबाइल एप, जीपीएस ट्रयाकिङ सिस्टम, १० एम्पीएरको फास्ट चार्जिङ, इन्टेलिजेन्ट लाइट सिस्टम दिइएको छ ।
प्रतिक्रिया